हिजो जसरी नै
आज पनि
दिनभर तिम्रो बाटो हेरिरहेँ
मनमा डर भएता पनि
तिमीप्रतिको
विश्वास टुटेको थिएन
भरोसा टुटेको थिएन
त्यसैले तिमी आउने बाटोमा
पटक पटक
हेरिरहेको थिएँ
मनको धुकधुकी
अनयासै बढ्दै
फेरि घट्दै गरिरहेको थियो
पेटको भोक
आफैँ हराएको थियो
मेरो तन मन
समर्पित थियो
तिमीप्रति
हेर्दाहेर्दै
दिन बित्दै गयो
आँखा
लम्पसार परेको
बाटोमा अडिएको थियो
जति जति
पश्चिम क्षितिजमा
लालीमा हराउँदै जाँदै थियो
उति उति
आँखा आँसुमा डुब्दै थियो
मस्तिष्कले त बुझिसकेको थियो
अब ऊ आउँदैन भनेर
आज ऊ नआउनुको अर्थ
अब कहिल्यै ऊ
नआउनु थियो
तर मन कहाँ मान्थ्यो र
जति जति
साँझ ढल्दै गइरहेको थियो
उति उति
उसको मुहार सम्झेर
उसको बोली सम्झेर
ऊ हिँडेको सम्झेर
ऊ आउने बाटोतिरै
हेरिरहेको थियो ।
पत्थरझोडा डुवर्श
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला