उँभौली मार्गीको बिगत अबई कुत्सित भुलि
बुझेका भन्ने नै हतपत उतै जान्छन् डुलि
झुम्मिने छन् धेरै दनदन अगेना वरिपरि
सयौ पुष्ते नाता हर तरहले खोजबिन गरि।।

अधर्मी भै धर्मी असल बनिन्छन् मान पदले
सबै मैलाधैला शुचित सहजै हुन्छ कदले
भए जम्मै स्वाँगी झल्झल दिप पुज्ने घरघर
उधौलीमा जम्मै क्षणभर हुने छन् परपर ।।

उनै बाङ्गा टिङ्गा शिर्षस्त शिरको आंगन भरि
गलाएरै छाड्छन् हर तरहले मोहित गरि
सवारीमा नाच्ने अघिपछि हुदै साथ संगमा
उनै पुग्छन् चाडै हर जगतकै मान पदमा ।।

जमाना भो उल्टो प्रतिदिन उभिण्डो पलघडी
बन्यो सारा ढोंगी असल गुणको तर्पण गरि
गर्नै हैनन् कैलै शत असतको ख्याल मनले
हड्डीको फन्दामा फुरुफुरु हुदै स्वार्थी पनले ।।

दिने दाता राम्रा भनिकन उनैको पछिपछि
सबै राजा रैती भजन तिनकै जप्छन बसि
सबै ताला चाबी मुलुक भरमै हात्त तिनकै
धुतेका थैलाले कसर तिनको हट्दछ सबै ।।

सन्यासी घुम्टोले उपर प्रभुको तेज नयनमा
सदा सुत्ने गर्छन् ठसठस गन्हाको सयनमा
सबै गौडा गल्ली हरपल गन्हाकै चकचकी
सबै निल्छन् पाए मिलजुल गरेरै भकभकी।।

बिब्ल्याटोमा डुल्छन् बुझक्कडहरू नै लुरुलुरु
डुबुल्की नै मार्छन्अपवित कुवामा खुरुखुरु
कता कैले बड्छ यस तरहले स्वच्छ गरिमा
उधारो निष्टाले अधम धम भो लोक भरिमा ।।

विराटनगर