प्रिय
स्वार्थ हामी दुवैमा थियो
तिमी मलाई छाडेर उसलाई पाउन स्वार्थी भयौ
म दुनियाँ छोडेर
केवल तिमीलाई पाउन स्वार्थी भएँ
मेरो प्रेम तिमीलाई थियो
तिम्रो प्रेम उसलाई थियो
कुनैदिन थियो
हामी मात्रै एकअर्काको हुन चाहान्थ्यौँ
आज तिमी उसको हुन चाहान्छौ
म तिम्रो हुन चाहन्छु
कसम दुवैले खाएका थियौँ
नछुट्ने अठोट र बचन दुवैको थियो
तिम्रो कसम तोडियो अठोट र वचन
फेरियो
म उस्तै अडिएँ
तिम्रो मन ऋतुजस्तै भयो
महिना बितेसँगै मौसमझैँ परिवर्तन भयो
प्रिय
सबै ऋतुले हरियाली मात्रै कहाँ ल्याउछ र ?
कुनै ऋतुले बाढीको प्रकोप पनि ल्याउँछ
प्रेम बगाएर नामोनिसान मेटाउछ
कुनै ऋतुले सुख्खापन
र बन्जर परिस्थिति ल्याउँछ
जहाँ लागेको डढेलोले
प्रेमको जङ्गल सखाब बनाइदिन्छ
प्रिय
मलाई तिमीले दिएको धोका उपहारजस्तै
म तिमीलाई ज्यान उपहार दिन चाहन्छु
तिमी उसलाई रोजेर खुसी हुन चाहन्छौ
म मृत्यु रोजेर खुसी हुन चाहन्छु
त्यसैले त
तिमीले आफ्नो अर्को प्रेम सफल पार्न
मेरो प्रेमको आहुति दियौ
मैले तिम्रो प्रेम सफल पार्न
मेरो ज्यानको आहुति दिएँ ।

थाहा नगरपालिका-४, मकवानपुर