गठबन्धनहरूका
छोटा कात्राहरू
टाउको छोप्न खोजे
खुट्टा देखिन्छ
खुट्टा ढाक्यो
लासहरूका अनुहार
देखिन्छन्
छिया छिया भएका अनुहार
दागै दाग भएको अनुहार
बिरुप भएका अनुहार
त्यसैले हेर्न सक्दैनन्
आँखा चिम्लिन्छ्न्
जनता

लासहरूले सोच्दछन्
हामीजस्तै
मरिसकेछन् सबैजना ।

पोखरा ७, मासबार, कास्की