कतिपय सम्बन्धहरू
कपडाजस्तै प्रगाढ
लगाएपछि खोल्नै मन नलाग्ने
र खोलेर धोएपछि
पहिलोचोटि जस्तो
कुनै चमक नआउने
एउटा स्त्रीले विवाहको
पहिलो रातमा
कुमारित्व गुमाएजस्तै
कठैबरा त्यो मेरो मनपर्ने
सेतो टिसर्ट
स्त्री र कपडामा एउटै समानता
दुवैलाई एकदमै जतन चाहिने
र चाइनिज उखानजस्तो
जतन भने तिन दिनपछि नै नौलो
एकपटक धोएपछि कपडा र
विवाहअघि आकाशको तारा झारिदिन्छु भनिएकी
विवाहपछिकी स्त्री ।

ठेगाना: बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे