जीवनमा हरेकको एक समय आउँछ
जहिले मान्छेको वशमा भाग्य मात्र हुन्छ
मानिसको कर्म गौण बन्छ
तब आशा भाग्यको मात्र हुन्छ
सबै माटोका मूर्तिहरु एक टोकरीमा हुन्छन्
टोकरी पनि अर्काको हातमा हुन्छ
तब आशा भाग्यको मात्र हुन्छ
त्यो बेला कोही भाग्यलाई ईश्वर बनाउँछन्
कोही आशा छाडेर पूजा गर्छन्
भाग्यको आशा ईश्वरको पूजा बन्छ
त्यो दुर्बल निमेष जब आउँछ
नास्तिक आस्तिक बन्छ ।
धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला