डाँडाको घाम
समय बग्दै जानु
बुढेश काल

झगडा गरे
फेरि मिलेर बसे
लोग्ने र स्वास्नी

पुल बनायो
भाषणमा सीमित
नेताको गीत

तिम्रो नजिक
आउन मन लाग्छ
के यो माया हो ?

गोली नै जस्तो
मनै छेडेर जाने
वचन वाण

दुःखी बादल
नदीजस्तै बग्यो रे
आँखामा आँसु

सबैको ताली
खल्तीमा हुँदा धन
कपटी मन

के साध्य छ र
दुनियाँको कथा नि
लेखेर पनि

कालो बादल
रोएन नि अचेल
कठोर मन ।

खिजीदेम्बा–३, ओखलढुङ्गा
हाल: काठमाडौँ