कसैको शरिर जलेर खरानी हुन्छ त्यहाँ
कसैको सपनाको बगाएर जान्छ त्यहाँ
हरेक सम्बन्धको बिनास हुन्छ त्यहाँ
आँसुको सागर बगेर हराउँछ त्यहाँ !

मलामीको लस्कर आँसु बगाउने
मरेको लास बोकी खरानि बनाउने
हरेक सपनाको दाहसंस्कार गराउने
हरेक मान्छेको आकङ्क्षाको पतन गराउने !!

देख्दैन को धनी को गरिब
आखिर मात्र देख्छ मृत शरिर
देख्दैन सुन्दर कुरुप
आखिर मात्र देख्छ मृत शरिर

घरी आउने बूढो लास
घरी आउने तन्नेरी लास
कुनै परिधि छैन त्यहाँ
न त उमेरको न त
सम्पन्नताको हद छैन त्यहाँ

चितामा आगोको दन्को सँगै
स्तब्ध बन्छ मान्छे
क्षणभरमै सारा सरीर
खरानी बन्छ मान्छे
शोकमा डुबेर चित्कार
सारा आगोको कालो मुस्लो
धुवासँगै धूमिल बन्छ मान्छे