ए मन
अहिलेसम्म किन चिन्न सकिनँ मैले
कहिले कुडाएँ
कहिले चुडाएँ
कहिले कता कता उडाएँ
मनको ढुकढुकी बढाएँ
छरपष्ट बनाएँ
नयन भिझाएँ
स्थिर हुनुपर्ने मन
किन स्थिर हुन दिइनँ
लथालिङ्ग बनाएँ
किन ?
आफूले आफैँलाई धोका दिएँ
आखिर आफूले आफैँलाई
नचिन्नु नै विडम्वना पो रहेछ
ए मन
मेरो र मनको सम्बन्ध त
बेजोडको थियो
सँगै थियो
तर, पनि
किन चिन्न सकिन ?
किन बुझ्न सकिन ?

लमजुङ