हुन्छ मानिसको असीमित चाहनाहरू
हुन्छ सागरको गहिराइलाई चुम्ने चाहना
हुन्छ आकाशको उचाइको मापन गर्ने चाहना
हुन्छ सर्वश्रेष्ठ हुने चाहना
हुन्छ अरूभन्दा सुन्दर बन्ने चाहना
हुन्छ जीवनमा धैरै कमाउने चाहना
हुन्छ जीवनमा धैरै सम्पत्ति जोड्ने चाहना
हुन्छ आरामदायी जीवन जिउने चाहना
हुन्छ मानिसका अनगिन्ती चाहनाहरू

यस्तै अनेक चाहनाले गर्दा
पुर्याउँछ मानिसलाई सफलता तर्फ
पूरा हुन्छ या हुँदैन मानिसको चाहना
तर पनि गर्नुपर्छ अनेक प्रयास निरन्तर जीवनमा
प्रयास गरे पुगिन्न र के ?
भन्छन् कर्म गर्नु तर फलको आश नगर्नु
तर जीवनमा आश चाहिँ नमार्नु कहिले ?
मृत्युशैयामा पुगेको मानिसको पनि चाह हुन्छ जिउने
आफ्ना चाहनाहरूलाई पूर्णविराम नलगाउनू कहिले
जीवनमा मानिसले हरेस खानु हुन्न कहिले
भन्छन् सास रहेसम्म हुन्छ आस
गर्न सक्नु पर्छ जीवनमा प्रतीक्षा
जीवनमा परिश्रमको फल मिठो हुन्छ जहिले
त्यस्तै प्रतीक्षाको फल मिठो हुन्छ जहिले ।