धेरै भयो आफैँ मुर्ख बनेको
हरेक पटक धोका खाएको
तर अब
कस्तै प्रलोभनले नफक्किऊ
मिठा बोलीमा नचिप्लिऊ
आश्वासनमा नफुस्लिऊ
नातागोता देख्दा नपग्लिऊ
धाक र धम्कीले नतर्सिऊ
मासुभात र पैसामा नहर्षिऊ
पुग्यो अब
कुनै हालत तिमी नझुक्किऊ
कसैगरी अब नबहक्किऊ !

पटकपटक धोका दिनेलाई
जनतालाई भुसुना गन्नेलाई
अनि फेरि
आचार र मति भ्रष्ट गर्नेलाई
आफ्नै मात्र पकेट भर्नेलाई
आफ्नालाई बजेट पार्नेलाई
काइते पर्ती-निधि बन्नेलाई
पुर्ख्यौली सिमाना सार्नेलाई
कुलो पैनी बाटो मिच्नेलाई
व्यर्थ मुद्दामामिला गर्नेलाई
जसैगरी घोपला गर्नुपर्नेलाई
पुग्यो अब,
तिनलाई फेरि मौका नदेऊ
झुक्किएर पनि भोट नदेऊ !

क्रान्तिभन्दै जनता लुट्नेलाई
भ्रम छर्दै सत्तामोज गर्नेलाई
अति गर्दै
देशको ढुकुटी पेवा पार्नेलाई
खसी बाख्रा काटी खानेलाई
सहकारी लुटी पैसा लानेलाई
सुन साटी पित्तल बनाउनेलाई
मिठा नारा लाउँदै आउनेलाई
झुट बेइमानीमा रमाउनेलाई
जाली फटाहा जोगाउनेलाई
सोझालाई दुःख भोगाउनेलाई
पुग्यो अब,
त्यस्ताप्रति कुनै ममता नदेखाऊ
ब्युँझ अब, कसैगरी भोट नदेऊ !

कोटेश्वर, काठमाडौँ