जब मनमा
यज्ञ चल्छ
कुत्सित कुण्ठित
लोभ लालचको

मान्छे
माया ममता
श्रद्धा आस्था
आड भरोसा
नाता सम्बन्ध
मान प्रतिष्ठा
ज्ञान चेतना
अनि
बुद्धि विवेकको
बिस्तारै बिस्तारै
दिइरहेको हुन्छ आहुती
विश्वासको अग्नी वेदीमा
र पत्तो पाई वा नपाई कनै पनि
छिन्न भिन्न हुँदै आफैँसँग
एक्लो उभिएको हुन्छ
भीषण कालखण्डको डिलमा ।

मेल्लेख-४, कुस्कोट अछाम