थिएँ कसैकी चुलबुले छोरी म पनि
मेरो वाणीले पुरै
नगरी कुनै लिपघस
चन्द्रझैँ
चम्किन्थ्यो
मेरो पैदा घर
मेरै छत्रछायाले
झैँ लाग्दथ्यो मलाई
म पवित्र
भमरा सरी
भएरै आँखाको नानी
सबैको
म थिएँ साह्रै उज्जर
बालापनमा
सबैको बिहानी मिर्मिरे
मेरो तोते बोलीले
सबैको पीडा दुःख
अन्त्य हुन्थ्यो
र सबैको दिन
उज्यालो मुहारले
सुरुवात हुन्थ्यो
किनकि म थिएँ
चेतनाबाट सञ्चालित
मुनारुपी अस्तित्वमा
जब म जवानीका
धर्साले
मेरो अवयवमा
परिवर्तन आउन थाल्यो
मेरो बालापनको
चन्द्रमा विस्तारै
ग्रहण लाग्न थाल्यो
म पहिले थिएँ
पुरै घरको लक्ष्मी
जसको एउटा हाँसो रोदन पनि
सबै सांसारिक पारिवारिक कष्टपूर्ण
वेदना
गर्थ्यो निवारण
म एउटा पुल्पुलिएकी
गुडिया थिएँ
त्यो बेला म थिटा चक्रमा
चल्थ्यो मेरो दिमाग
किनकि प्रत्येक मुनाले
गर्भको अन्तिम तीन मासमा
गरेको हुन्छ
जीवनमा चाहिने
सबै
ध्यान रे
त्यसैले गर्दो रहेछ
प्रत्येक बालक आत्म साक्षात्कार
भएरै यो धरामा
पदार्पण
ऊबिना दिमाग चेतनाको
कलमले
उसलाई सबै जीवनको कापीमा
प्रज्ञा दिएको हुन्छ
तर भान हुँदैन उसलाई
जब म बन्न थालेँ
घरको वजनदार भारी सरी
तब मेरो भारीलाई
अर्को पुरुषको काँधमा
सुरु हुन थाल्यो
सुम्पने प्रक्रिया
थिइनँ म अझै मानसिक र शारीरिक रूपमा
परिपक्व
तर यो जाली समाजले
मलाई एउटा लिंग रुपी बोझ भनेर
मलाई कन्यादान गर्ने
कोसिस गरी
राखेको थियो
म एउटा गुड्ने राजकुमारीबाट
एउटा दानको बाकस सरी
हुँदै गए परिस्कृत
रूपमा
थिएँ म एउटा
निरश माछा सरी
कसैको बल्छी भएर
जीवन गुजारा गर्ने
कल्पना थिएन
एउटा स्वतन्त्र नारी भएर
आफ्नै पोखरीमा पौडी खेल्ने
चाहना गर्दथे तर
भएछ त्यो मेरो परिवार र
समाजलाई असहज रे
मलाई जबर्जस्ती सामाजिक दहमा
हाल्न राख्न
थाले जाल रे
फलस्वरूप
एउटा निरीह भर्खरै
कलकलाउँदो
जीवनको
वसन्त पार गरेर
वयस्कमा रूपान्तरित एउटा
नारीलाई
बोक्सीको नकाब
धरिदियो
धारण
म त एकाएक सबैको
घर भाँड्ने डङ्किनी पो
भएकी रहेछु एक्कासि
म त यो समाजको
तराजुमा
भएकी रहेछु
एउटा
गरुङ्गो ढक सरी
कसैको पारपाचुके हुन्छ
कोही बिमार हुन्छन्
कसैको दुर्घटना हुन्छन्
यो सबै सृष्टि चक्रको
उथल-पुथलमा
रहेछ मेरै अख्तियार
बनाएका छन् हामीलाई हाटक सरी
गरी त्राटकको नाटक
अझै सञ्जालमार्फत कोही
मेरै
अवयव बोकेका
नारीहरू पनि
जुट्ने रहेछन् हाम्रो मुटु
जलाउने गुरुयोजनामा
कोही गुरुजीहरू पनि
पनि यो कालो जादू सही हो भनेर
विज्ञापन दिने रहेछन् सञ्जालमार्फत
त्यसो भए जसले हजारौँ
नरनारीको
गरेका छन् सम्हार
किन दिन सक्दैन सजायँ
फुकेर केही मन्त्रका
नादहरू
कृपया नहुनु होला
दिगभ्रमित यो
अन्धविश्वास प्रथा
जहाँ कुनै वैज्ञानिक तथ्यांक बिना
शारीरिक मानसिक
दर्दनाक पीडाका
आँसुले
भरिभराउ छ
वेदनाका दहहरू
जहाँ शरीरमा वजनको
जन्जिरले
जल प्राण
त्यागेका थिएँ
जिउँदै नारीहरू
सत्रौ शताब्दीमा
अनि बल्लतल्ल बुझ्न थाले
यो क्रुर प्रथाबाट
म लगायत
अरू नारीहरू
पनि रहेछन्
आखेट दिनानुदिन
अझै पर्देशमा
त बिकराल
नै रहेछन् कोही
नर र नारीहरू
जसको हर प्रहर
बित्ने गर्छ
हामीलाई विनाश
गर्ने मनोआकांक्षा बोकेर
गर्छन् लाखौं पैसा
पशुको रक्त पिएर
हानेर बाण हामीलाई
दिनहुँ
यो पगरी
लगाउने रहेछन्
ती नारीहरूलाई
जो समाजमा
केही आवाज गर्न चाहन्छन्
कोही एकल महिला भएर
कुनै पुरुषको दमन बिना
स्वाधीन जीवन जिउन चाहन्छन्
कोही युद्धमा
श्रीमान् गुमाएका
विधवाहरू
जो आफ्नो लालाको
उज्यालो भविष्यको
लागि आफ्नो पुरै जवानी
र शारीरिक आकांक्षालाई
तिलाञ्जली दिएका
छन्
ती साहसिक नारीहरूलाई
त सामाजिक पुरस्कारको
रूपमा डाइनीको पगरी लगाइने रहेछ
अहिले पनि
गरेकी छु अब मैले एउटा कठोर संकल्प आजै
यो बोक्सी तग्माबाट
बिभूषण गर्नेलाई
कानुनको तरवारले
कसुरवारलाई
सास फेर्न मिलोस
जेलको चिसो हावामा
अब आउने नयाँ नारीहरू
गर्न पाउने छन्
एउटा स्वतन्त्र जीवन बिताउन
जहाँ बोक्सी भन्ने वर्ण
निकालिनु पर्दछ
शब्दावलीबाट
फैलिरहेको छ
एचआईभी जस्तै
धनी कुलीन निमुखा परिवारमा पनि
दिनानुदिन
कति त नारीहरू नै
समर्थन गरेर
यो प्रथालाई
एउटा प्रतिशोधको
आगो बलेर
बोक्सी भन्ने चुलो
गरेका छन् निर्माण
रहेछ यो एउटा मनो रोग पनि
हे आमा के गल्ती गरेकी रहेछु
पूर्व चोलामा
तसर्थ मलाई
आफ्नो पुरुष सन्तति सरी
दिनु बाँच्ने आधार
यो धराकै
एक अंश हुँ
म नारी
शतरुपा अपार ।
बर्तुङ्, पाल्पा
(हालः युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।