भो अब तिमी नआऊ
सम्झन पनि चाहन्न तिमीलाई
तिम्रो आगमन त के
तिम्रो आहत पनि ननिको लाग्छ
त्यसैले नआऊ तिमी

भो अब झकझकाउन मात्र पनि नआऊ
त्यो तिम्रो आगमनसँगै आउने कम्पन
र,
त्यो त्रासदीले मेरो हृदयलाई अत्याईदिन्छ
तिम्रो आहत ननिको लाग्छ
भन्छु नआऊ तिमी

त्यो पीडा बल्लतल्ल भुल्ने कोसिसमा छु
तिमीले दिएको उपहारलाई सकि नसकी
स्वप्न हो भन्ने विस्वास दिलाउने प्रयासमा छु
तिम्रो आहत ननिको लाग्छ
हो तिमी फेरि नआऊ तिमी

भो अब नआऊ तिमी
सुन्दर संसार भत्काउन, भएको रस रित्याउन
जगले नरुचाएकी सत्य हौ तिमी
छौ। रहनू। तर बार बार नआउनू तिमी
तिम्रो आगमनमा खुसी कोही न छन्
पटक पटक आयौ बिन बुलायी मेहमान बनेर
बस अब नआऊ
यो सृष्टिको सुन्दर धर्तीमा कम्पन नल्याऊ
भो अब तिमी आउँदै नआऊ।