पहिलो नजरमा
मन चोर्यौ
अब के रह्यो बाँकी
गर्छु अब
तिमीसँगै
बात मिठा मिठा
सामु तिमीलाई नै राखी

बोलाउँछु तिमीलाई
निडरताले
चाँदनी रातमा
शीतल रात
हातमा हात
आहा क्या बात…

मुख नबोलेनि
भनिदियो मनको बात
आँखाको नानीले
कहिलेकाहीँ
दुखाउँछ यो मन
रूखो बानीले

गुनासो पोख्दा
भन्छौ तिमी
यसो नभन, त्यसो नभन
लुकेको हुन्छ माया
त्यसमा
खोजेर बुझ्ने चेष्टा
तिमी गरन

नमरी बाँचे दैवले साँचे
एक दिन भेटौँला
तिमी मेरो म तिम्रो
भन्ने रहर मेटौँला ।

आसाम, भारत