मलाई घरको माया लाग्छ
चित्त नबुझेको त
वातावरणसँग हो

म घरलाई प्रेम गर्छु
प्रेम गर्न नसकेको त
छिमेकीलाई हो

म र घरको सम्बन्ध
बलियो बनिरहेकै छ
सम्बन्ध गाँसिन नसकेको त
त्यहाँको परम्पराले हो

घरलाई घर जस्तो हेर्न
आमाले सिकाउनु भएको छ
तर आमाले अन्देखा गर्नु भएको
उपेक्षाका श्रृंखलाहरूलाई
अपनाउन नसकेको मात्र हो

आज जहाजको प्रस्थान कक्षमा छु
र फर्केर हेर्न सकेको छैन
त्यो जिद्दीले भरिएको त्यो माहोल

म जहाजमाथिबाट
घरलाई हेरिरहेको छु
घरले मलाई पनि हेर्दै छ

तर
हामीबीच कुनै कुरा भएन
दुवैको आकांक्षाले बाँधिएका
ती सिद्धान्तहरू
हाम्रो प्रेममा तगारो बनेको छ

हेरौँ
मबिनाको घर र
घर बिनाको म बीच
बजिरहेको ताण्डवमा
जिन्दगी कसरी नाच्दोरहेछ

हामी त अतिथि न हौँ !

म्यान्मार