यौटा यौटा वीजहरूबाट
थुप्रै रुखहरू उम्रन्छ
र यसरी रुखहरूको जङ्गल बन्छ
वीज शक्तिशाली हुन्छ
वीज त चराहरूको पशुहरूको
पुरुषहरूको पनि हुन्छ
वीज नष्ट भयो भने सन्तुलन बिग्रन्छ
सन्तुलन राख्नैको लागि
वीज रोपौँ
रुख जोगाऊँ
र रुख बढाऔँ
हाम्रो विचार पनि वीज हो
हाम्रो धर्म सिद्धान्त र निष्ठा पनि वीज हो
वीज सुरक्षित राखौँ
वीजमा कुनै किरा नलागोस्
रुखको वीजमा
अरू कुनै वीज नमिसाऔँ
अचेल वीजहरू त
किराले खाएका सडेका र खोक्रा हुन्छन्
यसले रुखको वीजलाई संक्रमित गर्दै
उम्रन दिँदैन
र रुखको जङ्गल हुन दिँदैन
हामीले खोजेको जस्तो छहारी
हामीले खोजेको जस्तो सुरक्षा पाउँदैनौँ
रुख जीवन हो
यसैबाट हाम्रो जीवन
प्रस्फुटित र पल्लवित हुन्छ
रुख छ र जीवन छ
रुख बचाऔँ
रुखको वीज घर घरमा बाँडौँ
र यौटा यौटा वीजबाट
विशाल रुखहरू बनाऔँ
र त्यसलाई दरोसँग अँगालो मारौँ
परिवारलाई अँगालो मारेजस्तै
परिवारलाई अँगालो हालेजस्तै
रुखलाइ अँगालो हालौँ
रुख नै जीवन हो
जीवन नै रुख हो ।