सिङ्गो संसारका
असंख्य शब्द भण्डारबाट
बृहत् नेपाली शब्दकोशबाट
सबै कृतिका सबै शब्दहरू फिँजाएर
मैले
एक सुन्दर कविता लेख्न खोजेँ
एक पूर्ण निबन्ध लेख्न खोजेँ
आफ्नै शब्दले
तर
प्रिय लागेनन् आफ्ना शब्दहरू

उद्धरण गरेँ
सागरभन्दा गहिराईबाट
सगरभन्दा माथिबाट
हामी बाँच्नलाई अत्यावश्यक
पवन जत्ति कै प्रिय
एक महान् वाक्यांश
“नेपाल
सुन्दर, शान्त, विशाल ।”