नाम:-न्याय
वर्ण :-मिश्रित रंग
उचाई :-नखुलेको
पहिरन :-नलगाएको
उमेर :-नभएको
ठेगाना :-नेपाल
हराएको स्थान:-न्यायालय
पितृसत्तात्मक सोच बोकेका बुद्धिजीवीहरूको भिडमा
जब जब न्याय बेपत्ता हुन्छ
मलाई लेख्न मन लाग्छ
कलमले मसी मागिरहेछ
खुकुरीले रगत खोजिरहेछ
बन्दुकले छाती ताकिरहेछ
ढुङ्गाले टाउको रोजिरहेछ
कुनै सामानको खरिद बिक्रीजस्तै
न्यायको मोलमोलाई हुन्छ
अनि मलाई लेख्न मन लाग्छ
आन्दोलन चर्किनु पर्छ
सडकले आक्रोशित पाइलाको भार थेग्नु पर्छ
टायर बाल्नु पर्छ चोक चोकमा
हारेर बाँचेकाहरूको चित्कार
अझ चर्को हुनुपर्छ
कागजको गद्दी देखेर
यहाँ पीडितको हार पीडकको जित हुन्छ
अनि मलाई भन्न मन लाग्छ
हिटलरको जन्म फेरि हुनुपर्छ
फेरि हुनुपर्छ युद्ध
आणविक प्रहार हुनुपर्छ
क्षतविक्षत हुनुपर्छ अन्यायको साम्राज्य
न्यायालयको कालोपट्टि बाँधेको त्यो मुर्तिले
हराएको न्याय देख्नु पर्छ, भेट्नु पर्छ
र
पीडितलाई न्याय दिएर सूचनापत्र सार्वजनिक गर्नुपर्छ
अनि भन्ने छ जगतले
हराएको न्याय भेटिएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।