मन तिम्रो बगैँचामा नौरङ्गी फूलहरू फुलिरहुन्
उत्साह अनि उमङ्गका भमराहरू भुनभुनाइरहुन्
मन तिमी खुसी हुँदा खुसीका हावा चलिरहुन्
अनि तिमी दुःखी हुँदा शितका थोपाहरूले शितलता दिइरहुन्

मन तिमी आत्तिँदा हौसलाका हातहरू बढिरहुन्
तिमी मात्तिदा मायाको अँगालेले कसी बाँधिरहुन्
मन तिम्रो यात्रामा सधैँभरि प्रिय साथ भइरहुन्
छलकपटको हाँसोमा तिम्रो धुन कहिल्यै नफँसुन्

मन तिम्रो घनिष्ट र प्रिय पात्र तिम्रै सधैँ बनिरहुन्
कसी डोरीले तिमीलाई साथमा सधैँ अङ्गालिरहुन्
मन तिम्रो जीवनमा सप्तरङ्गी इन्द्रेणी रङ्गी रहुन्
फूलैफूलको बाटिकामा तिम्रो साथ तिमीलाई सधैँ भइरहुन् ।

कवि भट्टराई, कुशल डिजाइन र डिजिटल मार्केटिङ विशेषज्ञ, प्रशिक्षक, लेखक तथा पुस्तक प्रकाशक हुनुहुन्छ । हाल उहाँ ग्लोबल कलेज इन्टरनेशनलमा कार्यरत हुनुहुन्छ ।