शत्रुले हानेका गोली
रोकेको छैन
विरोधमा विरोधीले जे बोले पनि
त्यो सत्यको प्रमाण होइन
यस बेला झूट बोल्ने मान्छे आफैँ फैसला गरिरहेछ
आफ्नो पक्षमा
उसले यसरी झूट प्रचार गरिरह्यो भने
संसार एक दिन खुसी हुँदैन
समय लुटेका छन्
विरोधीका घडीका सुईहरूले
देखिँदैछन् हत्या प्रयासमा छुटेका मान्छे यो समय
सहरमा
अर्को सहरमा बधशाला छ कि छैन थाहा छैन
यो सहरमा कोही पनि बाँचेको छैन
हरेक दिन एउटा मान्छेको
प्रदर्शन छ हत्या
चरित्र
नामहरू पुराना
नयाँ छन् प्रश्न
को को छन् बहादुर परिचय फेर्नुपर्ने
दिन लगाउँदै छ कैफियत
सहरले बयान लिन बाँकी छ मौन मान्छेको
अदालतमा छ ऊ
जित्न होइन
हारेको फैसला च्यात्न
खोजिरहेछ हराएका मानिसहरू समय
माफ माग्दै छ सहर
दिन नसकेकोमा
प्रेमको इसारा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला