सरल देखिने असहजता
प्रेम देखिने मित्रता
काल्पनिक जीवन्त
अनि मृत्युशैयामा लम्पसार परेको सहर हो काठमाडौँ
अनगिन्ती सपनाहरू तुहिन्छन्
अनगिन्ती अपराधहरू जन्मिन्छन्
बेजोडले हाँस्छन् मानव कसैको चीत्कारमा
सम्यम्ता र मानवता हराएको सहर हो काठमाडौँ
प्रेमिल जोडीहरू स्वार्थको तन्नामा बेरिएका छन्
साथले होइन
बिताउँदा सँगै रात सम्बन्ध जोडिने गर्छन्
साधुहरू ढोङ्गी छन्
गुरुहरू अपमानित छन्
मन्दिरै मन्दिरको सहर भएता पनि
देवता केवल ढुङ्गामै सीमित छन्
निर्लज्ज र कुरुपताको सहरहो काठमाडौँ

पैसामा चल्छ सहर
पैसाकै निम्ति फेरि मर्छ यो सहर
दानको नाममा कालो धन
अनि पैसाको नाममा धर्म परिवर्तन
छेपारोभन्दा बिघ्न रङ फेर्छ यो सहर
यस्तै यस्तै दानवता भरिएको सहर हो काठमाडौँ ।

सुन्सरी ,इटहरी