यदि तिमीले मेरो सोखिन आँखामा
निर्जीव प्रेमको बीउ रोपी
एकल प्रेमको खेल खेलेको
थाहा भए
म त्यो खेल सुरुमै हारेर
मनको बाजि लगाउँदिनथेँ
तिम्रा खस्रा बोली
याद बोक्ने भकारी हुन दिने थिएँ
तर
मैले सोचे मेरो जितमा तिमी मेरै हुने छौँ
तिम्रो जितमा
मबाट हामी हुने छौँ
अक्सर
अहिले जित तिम्रो भयो
अनि हार हामी दुवैको भयो
एक तर्फ म हारेँ, अर्को तर्फ मेरो निर्दोष प्रेम
मैले हारेँ, तन हारेँ,मन हारेँ
सपना, रहर
एक सिङ्गो मसँगसँगै
हुर्केको जीवन हारेँ
सब हारेँ
केवल यो सास बाहेक ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला