मुस्किलको युगमा हाम्रो साहित्यको
सापकोटा निबन्ध वलीले उचाल्यो हिमाल
सरि शब्दमा भाषाको इन्द्रेणी
झरना भई बहिरह्यो समताको जल

अन्न,आशा र आँसुले सिञ्चित
विशाल नेपालको साझा भाषा
मन लहरिको ज्योति थपेर
नेपाली शब्द परिचयले भिज्यो सभ्यता

धातुको नव: परिचय
जनजिब्रोमा स्वाद बन्दै
खस र खर शब्दहरूको अन्तरामा
चलि रह्यो भाव र ध्वनिको धन्दा

क्रियान्वयी व्यञ्जनाको परिकार
आँटे,अपुङ्गो दर्शन दर्पण
आमाहरू सिङ्गारिए तीजको चेतनाले
समाज रुपान्तरणमा पुकारा
जली रहेछ बुद्ध चेत धराभरि।

हाम्रो भाषाको महात्म्य
महानन्दका कृति लालित्य
नेपाली साहित्यको मोती झैँ
चङ्की रहने छ युगान्तसम्म

पारिजातमा बास्ना बनेर
महानन्द पवित्र आभा
पुष्पार्पण मन मञ्चबाट
जागरणको युगान्तक महाअभियानलाई।