लिङ्ग, वर्ण जो छ सो
भेदभाव हुन्न त्यो
सपना हौँ मालीका
हामी बालबालिका
स्नेह छ रे झुसी रे,
दिव्य रूप खुशी रे !
हे कृष्ण, हे कालिका
दैवी विम्ब थालीका !
ऊर्जा मिल्छ केरियोस्
बालापन यो हेरियोस्
गुण-दोष बालीका
जानकार छ पालिका
भोलि फुल्ने फूल हौँ
सिर्जनाका मूल हौँ
भविष्यका मालीका
हामी बालबालिका
बुझे भव्य डालीका
सौन्दर्य हौँ लालीका
विलोम छौं गालीका
हामी बालबालीका !
बराहक्षेत्र २, चतरा, सुनसरी
हालः बौद्ध, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला