म तयारी गर्दैछु
एक युद्धको तयारी
जुन युद्ध यति फराकिलो हुने छ
कुनै हातहतियार,बम,बन्दुकविनाको युद्ध
म युद्ध मैदानमा
होमिएको बेला दुनियाँ चकित पर्ने छ
मैले गर्ने युद्धको उदेश्य भनेको
मैले म पनि भन्न सकूँ स्वतन्त्रताको साथ
मानव हुँ भनेर
म यस्तो युद्ध लड्ने तयारी गरिरहेछु
जुन युद्धमा हतियारको रूपमा
मेरो कलम बन्दुक हुने छ
पड्किने बन्दुकको गोली भनेको
शब्दको प्रहार हुने छ
मलाई युद्ध जित्नको लागि सहयोग गर्ने
भित्रभित्रै भूमिका खेल्ने छ
मेरो आफ्नै सोचाइले
युद्धको तयारी गर्दैछु म
जुन युद्धले कसैको अन्त्य गर्न
र
विनाश गर्न हुने छैन
बरु उक्त युद्धले
एउटा महत्त्वपूर्ण पाठ सिकाउने छ
युद्ध सबैको हितको लागि लड्नुपर्छ
युद्ध भयभीत पार्नको लागि लडिनु हुँदैन
युद्ध संसार जोगाउन लड्नुपर्छ
युद्ध संसार ध्वस्त पार्नको लागि लडिँदैन हुँदैन ।
जुम्ला



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ मंसिर २०८२, बुधबार 









