आमाको प्रयासबाट
बाबाको कडा मेहनतबाट
जेनतेन चलिरहेछ एउटा जिन्दगी
शितका थोपाहरूमा
नाचिरहेको प्रकाशलाई
थाहा छैन कति खेर छचल्किन्छ जिन्दगी
अधेरा कोठाहरूमा
जुनकिरीको प्रकाश खोज्नेहरूलाई
लाग्छ आशैआशमा बाँच्न सकिन्छ जिन्दगी
पीडैपीडाका थुप्रोहरूमा
समाउने मियो नभेटिँदा
थाहा छैन भरोसामा कसरी चल्छ जिन्दगी
श्वासमा मात्र आश रहेन अब
मुटुले विश्राम लिई दिँदा
यसरी धिपधिप गर्दै कति चल्छ जिन्दगी !
लालबन्दी ४, हरिभवन, सर्लाही
(कवि लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीका आजीवन सदस्य हुनुहुन्छ ।)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला