जीवनको डिलमा उभिएर
याचकझैँ हात जोड्दै
मलिन आँखा देखाएर
भरिएका कागज मेटाउँदै
आवाज रुन्चे बनाएर बोली अड्किँदै
उनको आवाज धेरैको कानमा ठोकिन्छ
तर कसैको मुटुमा जान नपाई रोकिन्छ
करुणाका ध्वनिहरूझैँ गुन्जिँदै
मजाकियाका मजाकहरू स्वीकार गर्दै
रिसाहाका रिसहरू पोखिँदै
बटुवाका पैतलाहरूले कुल्चिन्छ
मन निराशाले ढाकिँदै
जिउ रोग अनि बिमारले भरिन्छ
बिचरा उनी !
बाँच्नको लागि सहारा देखिएपनि सहारा छैन
खाली पेटको लागि
आहारा भेटिएपनि उत्साह छैन
अतीतलाई सम्झिँदै भक्कानिँदै बल्लतल्ल थामिँदै
आफ्नै जिन्दगीमा अट्टाहास पोख्दै
बाँच्दै तर मर्दै, रोकिँदै, सर्दै
उनले दिनहरू गुजार्छिन्
उनको दु:ख धेरैको मजाक बन्दछ
दुनियाँको नजरमा उनी पागल हुन्
तपाईँका नजरमा उनी को हुन् ?
हाल : पोर्चुगल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला