नाभीसँगै जोडिएर
सालबाट सिर्जित तरलता
पिएर
आमाको
गर्भमा हुर्किन्छ बालक
तर त्यही साल र नाल
जसले उसलाई एउटा
संसारकै विलक्षण पशु बनायो
त्यसको अस्तित्व
हुन्छ विलिन
अस्पतालकै बिन ब्यागमा
त्यहीँ पैदा भएको
आठ प्रहरमा
जुन वस्तु बिना जीवन
सम्भव छैन
बिर्सेर जान्छ मानिस त्यसैलाई
हेरेको थिएँ कुनै जातिमा
त्यही साल भोजन गराएर
आमाको दीर्घायुको लागि
बिना कुनै दृष्टान्त गरेर
अरु भोजन
धेरै स्तनपायी जननीको प्राण
कवच
भएर
नयाँ मुनालाई
नयाँ सास
पनि गर्ने रहेछ प्रदान
किनभने त्यो जस्तो प्राकृतिक
भिटामिन भरिपूर्ण
कुनै खाना छैन
यो प्रकृतिमा

रहिछन् यो धरा नै
असल जननी
खाँचो छ संरक्षणको अहिले
नभए २४० खुट्टा भएका
सुपारी किरा पनि
बस्ने छन् युट्युबको
भिडियोमा मात्रै
गर्नु पर्नेछ दृष्टान्त
यी
निःशुल्क प्रशोधन गर्ने धराप्रेमी
सिपाहीहरूको
मानव सेचित
वत्सनाभले
गरेका छन्
प्राण हरण
जसले
पुरै सृष्टि चक्रमा
पुराउने रहेछ हाहाकार
हुँदैछन् दिन प्रतिदिन
यी जीवहरू अल्बिदा
मानिसहरू सिर्जित
कालकूट
विषादीले
हुँदैछ अन्त्येष्टि दिन प्रतिदिन
आफ्नो करेसाबारीमा
नगर्नु होला सेचन विषादीले
किनकि प्रत्येक जीवको
रहेछ अमूल्य भूमिका
यो घर्तीलाई
निरोगी बनाउनलाई
गर्दैछिन् घर्ती माता
हाम्रै हलाहल
विष वमन
कहिले सुनामी भएर
कहिले बाढी
भएर
कहिले कम्पन गरेर
रहेछ यो
अग्रिम सचेतना
तसर्थ सुन्नु पर्छ
घर्ती माताको चित्कार
जाबो एउटा प्लास्टिक ब्याग फालेर
लुकाएर सडकखण्डमा
कोही मनुवाले
रहेछ यो पनि एउटा पाप सरी
होइन रहेछ कुनै
बहादुरी
रहेछ आफ्नै वमन
पिउनु सरी
एक एक प्लास्टिकबाट
करोडौँ ब्याग बन्छन्
अनि त्यहि प्लास्टिक
एउटा भीमकाय पहाड बनेर
यो धराको
छातीमाथि
बोझ बनेर
हुन्छ विराजमान
जसरी खुला आकास
निराकार हुन्छ
तर त्यो बिना कुनै
वस्तुको सृजना
रहेछ असम्भव
तसर्थ चित्तले
भुल्न खोज्दछ
जुन पदार्थ बिना
चित्तको उत्पत्ति
छैन सम्भव
किनभने मस्तिष्क पनि
रहेछ पदार्थ नै ।

बर्तुङ्, पाल्पा (हालः युके)