न काम गर्छ यहाँ घामले
न आराम गर्छ
अनगिन्ती अनावश्यक तामझामले
न उज्यालोले प्रष्ट छ समय
न टालेरै भएपनि स्पष्ट छ भविष्य
मलाई लाग्छ
ढुङ्गाबाट माटो पूरै गलेको छ
ढुङ्गाको बगैँचाभन्दा पर
माटोभित्र मोती फलेको छ
बाहिर बाहिर हाँसेर
भित्र भित्र जिन्दगी
प्रकाशको गतिमा जल्नुसम्म जलेको छ
जहाँ माटो हुँदैन
त्यहाँ जिउने बाटो हुँदैन
जिन्दगी एक्लै तर बेग्लै बेग्लै चलेको छ
पर सरेको जिन्दगी
घर नसरेको धेरै भएपछि
घर अँध्यारो लाग्छ
र पनि प्यारो लाग्छ
ए ! गोधुलीसाँझ
के गर्दैछस् हामीमाझ ?
मभित्रको अगेनुमा आगो बलेको छ
हटेर जा जिन्दगीबाट
हराएर जा हृदयबाट
मेरो भरोसाको भर्याङ
ढलेको छ कहिल्यै नउठ्नेगरी
त्यसैले
ए ! गोधुलीसाँझ
बिन्ती छ नबस हामीमाझ ।
सिगास -२, बैतडी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला