धेरै मान्छेले भनेको सुन्छु
मभित्र राम देखाउँछु
अझ सुन्छु, मान्छे भन्छ
मभित्र तिमी देखाउँछु
मलाई विश्वास लाग्दैन
झुटा कुरा हुन् सब
आऊ बरु तिमीलाई म
तिमीभित्रको म देखाउँछु
छोड अब सबै ढोङ्गहरू
खोज्ने हैन बाहिर अरू
ढिला भइसक्यो खोज्न
आफैँ भित्र आफू बरु
खोज्यौ र भेट्यौ भने कतै
आफैँलाई कसैगरी
चिनाऊ हामीलाई पनि
तिमी, म को हूँ भनी
चिन्नु छैन आफूलाई
खोज्छौँ हामी अरू हेर
आऊ खोजौँ मलाई
अब कसै नगरी अबेर
आफैँभित्र बस्छ म
खोज्छौ तिमी बाहिर
आऊ चियाऊ आफू भित्रै
देख्नेछौ म बस्ने घर
छ तिमीभित्रै म को घर
उसको ढोका कुरेर बस
म ऊ आफैँलाई खोज्न
कतै निस्किएको हुनसक्छ
ढिलो चाँडोमात्रै न हो
म अवस्य फर्कीआउँछ
पक्कै हो ऊसँगै तिम्रो
मलाई पनि ल्याउँछ ।
कोटेश्वर, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला