अचेल
कलीका
सिंहहरू
व्यस्त छन्
जनसमूहहरूको
रगत,
श्रम,
पसिना,
मनोवल,
उमेर,
कला,
आशा,
भरोसा,
धैर्य आदिको
सिकार गरेर
खाने
पचाउने काममा
डकारी
डकारी
र त बस्दै आएका छन्
रुखको जंगलमा
हैन
कुर्सीको आलिङ्गनमा
पालैपालो
कहिले
स्यालसँग मिलेर

कहिले
बाख्रासँग
एक भएर

कहिले
कमिलाहरूसँग
मित लाएर
आफूले
आफूलाई नै
साकाहारी,
सर्वहारी
दुःखहारी
कष्टहारी
गरिबीहारी
पापहारी
सर्वरुपधारी
श्रृष्टिकर्ता ब्रह्मा
पालनकर्ता विष्णु
देवादिदेव
महादेव,
भन्दा धेरै वरिष्ठझैँ ठान्दै
कुर्सी ओगटी रहेछन्
विश्वको अग्लो
शिखरको भूमिमा
भ्रम,
भ्रष्टाचार,
छल,
कपट,
गैरकानुनी,
धोका,
ठगी आदिको
विजारोपण,
मल, जल
पालनपोषण
गरी गरी,
सास फेरेझैँ
मुटु धड्केझैँ
मन चलेझैँ
अविरल अविरल ।

हाल: क्यालगेरी
क्यानाडा