१. ऊ ट्याक्सी ड्राइभर हो प्लेन उडाउन सक्दैन
वडाको बजेटले क्रिकेट रंगशाला बनाउन सक्दैन
त्यो त सब चुनाव जित्न भनेको हो याद राख्नुस्
गधाले त भारी पो बोक्ने हो गीत गाउन सक्दैन !
२.
भुँडी फुट्ने गरी खाइसक्यो अझैँ चाखेको छैन भन्छ
खल्तीमा हालिसक्यो मैले हात नै लाएको छैन भन्छ
न त कसैले चोर भनेको छ न त उसलाई सोधेको छ
जो चोर हो ठुलो स्वरमा आफैँ मैले चोरेको छैन भन्छ !
३.
झुटो बोलेर भोट किनेको रहेछ अब के विकास हुन्छ
उनाइस् लाख खर्च भएको रहेछ अब के विकास हुन्छ
वडा अध्यक्षको उमेदवार हुँदा नै प्रत्येक व्यक्तिलाई
एक एक हजार बाँडेको रहेछ अब के विकास हुन्छ !
४.
नेता जि सुखी र समृद्ध नेपालको नारा कता गएछ ?
जताततै चोर,दलाल,ठग लुटेराहरूले पाइला टेकेछ
आफू , कार्यकर्ता सबै झोले कहाँ भाग पुग्नै पर्ने
भ्रष्टाचारीको भुँडी पनि पानीट्याङ्की जस्तै हुने रहेछ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला