१. हजारौ इच्छा यसै गलेर सकियो
मेरा सारा सपनाहरू जलेर सकियो
सारा संसारलाई ज्योति दिन खोज्दा
आफ्नै जीवन अन्धकारमा ढलेर सकियो ।

२. जसले जति नै गरेपनि विकास हुन्न
जनता आफैँ अघि सरेपनि विकास हुन्न
सरकारमा हुने नै घुसखोरी भएपछि
हेर्नुस् यो देशमा मरेपनि विकास हुन्न ।