श्रमिकको संगठित गर्दै जानु
शोषणको मुक्तिको संसार खोज्नु
संघर्षलाई सुख मान्नु
मजदुरहरुबाट माया मिल्नु
रोजीरोटीको ग्यारेन्टी हुनु
अंकुरजस्तै फूलजस्तै हुनु
कोपिलामा भरेको विचार गर्नु
काँधमा उठाएको संघर्ष सम्झनु
मेरो देशको निकम्मा सरकार हुनु
हरेक दिन मजदुरको वज्रपात हुनु
मजदुर संघर्षको मैदान हुनु
त्यस संघर्षमा नेतृत्व गर्नु
संघर्षको फूलबारीमा हाँस्नु
शिर ठाडो पारी लड्नु
कहिल्यै संघर्ष कमजोर नहुनु
विचार र सिद्धान्तले बलियो बनाउनु
बितेको तिम्रो संघर्षका कथा भन्नु
नयाँ पुस्ताहरूलाई पाठ बन्नु
बाधा अड्चन पार गर्नु
मजदुर संघर्ष अगाडि बढ्नु
संघर्षबाट प्राप्त उपलब्धिहरू सँगाल्नु
त्यसमा टेकेर संघर्ष बृहतर गर्नु
श्रमिकको शोषणको अन्त्य गर्नु
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला