आज बिहानै
जुठेल्नामा
कटकटिएका भाँडा माझ्दै थिएँ
छोराको फोन आयो
छोरीको फोन आयो
बुहारीको फोन आयो
भौतिक रूपमा
टाढा भयौँ त के भो ?
सम्झिए, नातिनातिनाहरूले
पालैपालो
मातातीर्थ औँसी
फोनको आगमन
केही नपाए पनि
प्रशस्तै पाएजस्तो
केही नखाए पनि
मिष्ठान्न भोजन
पेटभरि खाएजस्तो
भिन्नभिन्नै छौँ र पनि
सँगसँगै बसेजस्तो
छुट्टै आनन्द
छुट्टै उत्साह, उमङ्ग
हर्षको सीमा रहेन
आमा हुँ !
सारा हण्डर, दुःख, कष्ट
चटक्कै बिर्सेँ
अनि त्यसैत्यसै
फुरुङग भएँ म ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
लोकनाथ पुडासैनी
भाद्र २३, बुधबार ०९:०१