नीर कार्की

एक दिन पक्कै उज्यालो हुनेछ
र त्यतिखेर रात बेस्सरी रुनेछ ।

जीवन जब बन्धनमुक्त हुनेछ
अनि त्यो दिन मात्र जीवन अर्थ भेटिने छ।

त्यतिखेर जब अर्थ भेटिन्छ जीवनको
स्वर्ग बगरमा नि सुनिने छ ।

जगतमा छ सुगन्ध
अनि नारायणीको तिरमा बहुतै आनन्द ।

दुनियाँको भौतिकताले भन्दा
एउटा हरियो रुखको शितलताले छुनेछ ।

जुन दिन म मर्नेछु ऐ मेरा दुस्मनहरु !
त्यो दिन त सायद तिमीहरुको पनि आँखाबाट आँशु चुहिनेछ ।

कतार