
प्रेमिल मन मसँग छैन
अँ साँच्चै घृणारुपि त्यो खत अब मसँग छैन
टाल्न खोज्छु अमूर्त घृणाको बाँध
बाँध्न खोज्छु अन्तर्मनको हटाहस्
तर यो प्रेम हो
फुत्किन्छ, दौडिन्छ
हुरी भई भाग्न खोज्छ
अनि हराउँछ एक आलाप
सुगन्धको छायासँगै हरायो मबाट प्रेम
हरायो कुनै शून्यमा, सायद शून्य अब छैन
टाँसिएको पर्चाजस्तै रहेछ प्रेम
आफू निस्किँदा आफ्नो खत छोडेर जाने
ऐँठन रहेछ प्रेम
मृत यादहरू सँगसँगै बाँच्नु पर्ने
सायद वेदना रहेछ प्रेम
यादहरूसँगै पौडिनु पर्ने ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
