जमिनदेखि टाकुरासम्म
शुन्यतादेखि शिखरसम्म
निराकार परिधिदेखि
वास्तविक आकृतिसम्म
केवल श्रमको किरणले मात्र जोड्न सक्छ
धर्तीलाई आकाशको घाम, जून र तारासम्म
सुक्ष्म बिजलाई विशाल वृक्ष
बनाउन
सुख्खा टाकुरालाई
सुन्दर घना जङ्गलमा परिणत गर्न
अग्लो शिखरको हिमतालबाट शुरु भई
केवल श्रमजिवी भएर नै एउटा
खहरे पुग्न सक्छ
शान्त सागरसम्म
हारलाई जितमा बदल्न
दुष्कर्मलाई माथ गर्न
निष्ठापूर्वक जीवन निर्वाह गर्न
निरिहतालाई शक्तिमा बदल्न
सत्य कर्म र श्रमजीवी भर जीवन सुन्दर
बनाउन केवल श्रमले नै सक्छ
मानव अस्थित्वलाई परिभाषित गर्न
हिलोमा बीजारोपण भई हिलोमै
आफ्नो सारा श्रम लगाएर
जसका जरा, कान्ड,पातले
हिलोसँग मितेरी लाउँदै
तँ फुल्न सक्दैनस् र फुल्न पनि नखोज
भन्ने दायाँ बायाँका
बलिया झारहरूको अगाडि बिचलित नभई
आफ्नो अथक लगन र विश्वासबाट नै
तलाउको परिधि बाहिर निस्कन्छ
कमल
श्रमिक योद्धा ब्यूँझिन्छ घामभन्दा
पहिले
आफू जलेर दिन्छ अरुलाई न्यानोपन
आफू गलेर दिन्छ अरुलाई आराम
आफू भोक सहेर दिन्छ
अरुलाई भोजन
आफू रातसँग मीत लाएर दिन्छ
अरुलाई निद्रा
आफू पसिनाले निथ्रुक्क भिजेर दिन्छ
अरुलाई रगतको बलिदान
जीवनको सुन्दरता केवल श्रमिक हुनु मै छ
त्यसैले त सुन्दर प्रकृति मानवभन्दा धेरै
माथि छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।