जंगलको बिचमा चलेको मन्द बतासले

गुँडमा बसेको चरी मदहोस् भो ।

चराहरूको चिरबिर कम हुँदै जाँदा,

रातको मधुरता छिप्पिंदै गो ।

 

शीतल पवनले आवधिक विश्राम लिँदा,

हठात् उसको जवानी भरिँदै गो ।

चाहना असीमित अनि गन्तव्य अनिश्चित हुँदा,

उसको बेचैनी बढ्नै नै भो ।

 

जंगलको बिचमा बेलगाम डोजर चलाउँदा,

वनजंगल बिनाश हुने नै भो ।

अर्थहीन बाटो नखन्न सुझाब दिनेलाई पेल्दै, थिच्दै र निचोर्दै जाँदा,

यात्राका सारथीहरू छिमलिँदै गो ।

 

आफ्नाको भक्तिगानमा रमाई राम्रालाई पाखा लगाउँदा,

सज्जनहरू समेत टाढिँदै गो ।

बे-लगाम उडानमा साथ नदिनेलाई लछार्दै, बढार्दै अनि टुक्य्राउँदै जाँदा,

उसकै गन्तव्य अनिश्चित भो ।

 

स्वार्थका खातिर निर्णय फेरिरहँदा,

बहुरुपी पहिचान बन्ने नै भो ।

सक्कली ऐनामा आफूलाई नजाँच्दा,

आफ्नै अनुहार भुल्ने त हो ।