तिमी कसैका प्रति
आगो बन्नु अगाडि
याद गर
आगोले अरुलाई
जलाउने काम मात्रै गर्दैन
आफूलाई खरानी पनि बनाउँछ !

तिमीलाई हेक्का होला
अस्तित्वविहीन खरानी
हावामा उडेर सकिन्छ !

तिमी मान्छे बन्नुमै भव्य देखिन्छौँ
आगो बनेर खरानी नबन
प्रिय मान्छे !