सुन्दर नयनका शिकारले
अधर भएको मन
सम्मालिन नसक्दा
तिमीलाई बनाउने
भगवानलाई सराप्न
मन लागेको छ
सुन्दरता हेर्नका लागि मात्र हो भने त
यति सुन्दर देह केका लागि ?
त्यसैले भगवान्
हेर्न मात्र मिल्ने सुन्दरता
उत्पादन गर्ने
बन्द गर तिम्रा कारखानाहरू
ताल्चा लगाऊँ त्यो मसिनमा
जहाँ हजारौँमा एक मात्र उत्पादन हुन्छ
त्यसैको प्राप्तिमा
अनाहक ढल्ने विचरा मन
दिनदिनै मरिरहेका छ्न्
त्यसैले हे पक्षपाती ब्रह्मा
कि त
मसिन थप
उत्पादन बढाऊ
हैन भने बन्द गर
यी मृत्युका मिसाइलहरू
जो दिनहुँ
खुल्लमखुल्ला
हजारौँ कत्लेआम गरिरहेका छ्न् ।
सैबु, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला