झर्नाझैँ
वाणी सुनेर पनि
तिमी बोल्दिनौ किन ?
मन बुझेर पनि
तिमी खुल्दिनौ किन ?
पर्खाइ लामो हुन सक्छ प्रिय
पोलेर पनि रापले
तिमी चल्दिनौ किन ?
छाती छामेर पनि तिमीले
विश्वास मान्दिनौ किन ?
भावना जोखेर पनि तिमीले
मन मेरो बुझ्दिनौ किन ?
भोलि अधुरो हुन सक्छ,प्रिय
माया जानेर पनि तिमीले
आज लाउँदिनौ किन ?
गोधुलि साँझमा घुमेर तिमी
मलाई आज चिन्दिनौ किन ?
यादका भारी बोकेर तिमी
छाया भई हिन्दिनौ किन ?
सहयात्री विरानो हुन सक्छ, प्रिय
समयको माग बुझेर तिमी
मायाको मञ्जिल बुन्दिनौ किन ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला