१
यो नेपाल अजम्बरी भइरहोस् विशाल यो विश्वमा
लाखौँ लाख कला बढोस् प्रिय बनोस् हाम्रो इतिहासमा
मेची , काली , कर्णाली, कोशी र अनि पाखापखेराहरु
कलाकर्मी बनेर रात दिन म शृङ्गार यसको गरुँ ।
२
मेरो स्वप्न यो छ नेपाल भरिमा नयाँ वहार ल्याउने
मेरो स्वपन मेरै यी बाहुबलमा यो देश सजाउने
मेरो स्वप्न भोका नेपाली पेटमा सन्तुष्टि भित्र्याउने
मेरो स्वप्न यो छ खुला गगनमा रकेट उडाउने ।
३
मेरै माटो मीठो म हुँ वीर ठिटो यो देश नेपालको
मेरै जन्मभूमि सुन्दर छ है के छैन यहाँ विश्वको ?
आउने जति सबै यो मुलुकमा नेपालमैत्री बनून्
होउन् मख्ख सबै देखि धरती यो सबले भूस्वर्ग भनून्
४
मेरो प्यारो नेपालको हृदयमा नौलो म नक्सा कोरुँ
मेरो प्यारो नेपालको बगरमा नेपाल हेर्दै मरुँ । ।
टोखा न प , वडा नं ३
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला