वाइपासको छाती टेकेर
कैयन मान्छे यात्रा गर्छन
रसुवा पहाडतिरको पनि
राजधानी शहरतिरको पनि
पहाड चड्नेहरू
लुटपुटिन्छन मनोरम प्राकृतिक सौन्दर्यमा
अनि राजधानि फर्कन्छन
र डुबुल्कन्छन बिलासी रमझममा
यस्ता मान्छेको
जिन्दगी बुझेको छैन आइतेले
बुझोस पनि कसरी ?
आईतेको आफ्नै संसार छ
नत उसले बाइपासको छाती टेकेको छ
नत उसको संसार विचरण गर्ने
यात्रीले झै प्रकृतिमा लुटपुटिनुको
आनन्द नै सहसुस गरेको छ
मान्छे हुनुको नियतिमा आइतेको जिन्दगीमा
सूर्य उदाउछ र डुब्छ
यस्तै दैनिकीभित्र
आइते बिहान उठ्छ
काकीको होटलमा
जुठा भाडा वर्तनको धन्दा समाल्छ
टेबल पुछ्छ र पाहुनाको सत्कारमा
दत्तचित्त भएर दिनभर जुटिनै रहन्छ
आइतेको स्कुल
आइतेको बाल अधिकार
आइतेको सुनौलो भविश्य
सबका सब काकीको होटल
भित्र बितेको छ
आइतेलाई वाइपास टेकेर
सहर पस्न पनि मन छैन
उसले सुनेको छ
सहरमा ऊ जस्ताको जीवन
काकीको होटल भन्दा पीडादायी छ
त्यहाँ त अझ श्रमको शोषण हुन्छ
आधा पेटमा दलिनु पर्छ
अनि कहिलेकाहीँ त
साहुको सन्कीमा बिचल्ली परिन्छ
यिनै यर्थाथता माझ
गरिबीको बादले छपक्कै ढाकेको
काकीको होटलको चार दिवार भित्र
जीवन जिउन
बाध्य एक अबोध पात्र
उसका कलेंटी परेका ओठहरूले
हरेक यात्रीहरुसँग प्रस्न गर्छ
बाल अधिकार कहाँ फुलेको छ ?
आईतेको जिन्दगीमा परिर्वतन ल्याउने
लोकतन्त्र कहाँ लुकेको छ ?
आइतेको लागि स्कुल
खै कहाँ खुलेको छ?
बस,
आइते मात्र एक पात्र
कैयन नेपाली आइतेका जिन्दगी
यो माटोमा
यसरी नै
केवल फाटेको दुधझैँ
जीवन जिउन विवश छ ।

बुढानीलकण्ठ–८