अनुभूतिको ऐनामा
अल्झिएका
मेरा समयका चाउरीहरू
अहिले अल्छे भएर
पसारिरहन्छन्
घरभित्रकै चारकुनामा,
हतार, व्यस्तता र थकाइहरू
झोक्रिरहन्छन्
विगतको स्मृतिमा,
परिश्रम र पसिनाका आँखाहरू
छटपटाउँछन्
अतीतको सपनामा।
बिस्तारै बिस्तारै
मोवाइल स्कीनमै
टाँसिएको नयाँ युगमा
ठाँउ ठाँउमा
जन्मिरहेछन्
डिजिटल विरूवाहरू।
सोशल मीडियामा
रमेका नयाँ पिढ़ीका
सबै कुरा
वर्चुअल हुनु
साइनो-सम्बन्ध
प्रेमभाव र
सद्भानाको
सेल्फी मात्र हो,
जसको प्रत्येक क्लिकमा
भत्किन्छ
सम्वेदना र संस्कारको मुहान।
गान्तोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला