आफू जिउँदो हुनुको प्रमाण बोकेर
म फेरिरहन्छु काँचुली बारम्बार
उही अस्तित्व
फरक रङ र फरक ढङ्गमा
फेसबुकको प्रोफाइल फोटो
उछिट्टिएर हाँसो कहिले
कहिले चुहिएर आँसु
चर्किने गरी फेसबुकको भित्तो
चिच्चाएर कहिले
संवेगले लतपत पोतिएर भित्तो
रङ्गिएको एक टुक्रा जीवन
वसन्तमा पलाएको उमेर
बर्खामा रुझेको जवानी
हिउँदमा कठ्याङ्ग्रिएको समय
पोखिएर पर पर फैलिएको छ
पन्नामा नअट्ने गरी
फेसबुकको समयरेखा
क्रमशः भरिँदै जानु
फेसबुकको समय रेखा
प्रमाण हो
म जिउँदो हुनुको ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला