कहिलै नमिल्ने जिन्दगीको हिसाब
कहिलै नमिल्ने जिन्दगीको हिसाब
तीनमा दुई जोड्यो कहिले चार हुन्छ कहिले छ
हिसाब नमिले पनि बारम्बार जिन्दगीको परीक्षा दिनु पर्या छ
एउटा नसकिँदै अर्को टेस्टको प्रवेश पत्र लिनु पर्या छ

आफूलाई भने ओरालो बाटो सजिलो लाग्छ
आफूलाई भने ओरालो बाटो सजिलो लाग्छ
तर उकालै उकालो किन हिडाउँछ जिन्दगी
आफूलाई लज्जावती फूल मात्र मन पर्छ
तर काँडै काँडा बीचको गुलाब भिडाउँछ जिन्दगी

कनाउनै नमिल्ने ठाउँमा चिलाउँछ जिन्दगी
कनाउनै नमिल्ने ठाउँमा चिलाउँछ जिन्दगी
खहरे भिरमा चिचिन्डो फलाउँछ जिन्दगी
अग्निपरीक्षा नै अग्निपरीक्षाले भरिएको
अप्ठ्यारो ठाउँमा अवसर दिलाउँछ जिन्दगी

आफूले हिँड्नै नचाहेको बाटो हिँडाउँछ जिन्दगी
आफूले हिँड्नै नचाहेको बाटो हिँडाउँछ जिन्दगी
आफूलाई चाहिँदै नचाहिएको समान किनाउँछ जिन्दगी
अरुको खुशीको लागि आफूलाई भाग लाउँदा लाउँदै
आगोमा नौनी बिलाएझैँ धुवाँसरी बिलाउँछ जिन्दगी ।