भेडाहरूको सभामा
ब्वाँसाको सम्बोधन !
++++
अब जाडाका दिन गए
हरेकलाई यौटायौटा राडीपाखी फ्रि
घुम्लुङ्ग ओढ्यो, झ्याप्प सुत्यो
न जाडो ! न तुषारो !!
+++++
आलाकाँचा भेडा उफ्रिए, रमाए बेफिक्री
भेडा न हुन्, गाए जयजयकार ब्वाँसाहरूको ।
+++++
अलिक पर, देउरालीमा
केही थान प्रौढ भेडाहरू भन्दैथिए–
आखिर कहाँबाट ल्याउँछन् हँ ?
सबलाई राडीपाखी बाँड्न पुग्ने ऊन
यी ब्वाँसाहरूले ?
+++++++++
सोचिरहेछु,
लोकगाथा जस्तो लाग्ने यो स्वप्नसभामा
म कहिलेदेखि छु
र, सुनिरहेछु उही लोककविता दिनरात
यो सभा कहिलेसम्म चल्छ ?
पोखरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला