आँखा उघार्दा मैले
मेरो भार थामेको थियो
मेरो धरतीले
मलाई प्रेम गरेर ।

मलाई लाग्यो
नजानीकन म ऋणी भएँ
ऋण त तिर्नुपर्छ
कम्तीमा
सकेको ब्याज पनि तिर्नुपर्छ ।

सक्ने भएपछि
सकुञ्जेल
निशुल्क लिएको साँस
भार उठाएको धरती
अर्थात्
हावा अनि माटोको ऋण
र, ब्याज पनि
तिरिरहने छु
पसिना बगाएर
यही धरतीमा ।